जनयुद्ध दिवसबारे गगन र विश्वलाई मिनेन्द्रको प्रश्न : ‘काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि आउने हो ?’


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा बारे प्रश्न गरेका छन् । रिजालले सामाजिक सञ्जालमार्फत कांग्रेसका महान्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रवक्तालाई सोमवारको सरकारको निर्णयबारे प्रश्न उठाउँदै सो विषयमा आधिकारिक धारणाको माग गरेका हुन् ।
रिजालले लेखेका छन्, एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि रु आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।
उनले सरकारको निर्णयलाई वृहत् शान्ति सम्झौता र संविधान विपरीत भएको भनाई व्यक्त गरेका छन् ।