फर्पिङ नाकाबाट चल्ने सवारीसाधान सञ्चालनमा रोक, यस्तो छ कारण !

समाचार
काठमाडौं । काठमाडौंको फर्पिङ नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । फर्पिङ नाकाबाट सिस्नेरी र फाखेल हुँदै हेटौंडातर्फ जाने र आउने दुवै तर्फका सवारीसाधन संचालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सडक कालोपत्रेका कारण सो नाका भएर चल्ने सवारीसाधन सञ्चालनमा सोमबारदेखि रोक लगाइएको हो । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया