`

‘कैलालीको गेटा मेडिकल कलेज सञ्चानका लागि कुर्नै पर्दैन’ : प्रधानमन्त्री दाहाल

Nepal One HD १ फागुन २०७९ १५:५९
समाचार

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चानका लागि कुर्नै नपर्ने बताएका छन् । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले तीव्रगतिमा काम अघि बढ्ने भन्दै यस्तो बताएका हुन् ।

अवलोकनका क्रममा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । गुरुयोजना बमोजिमका कलेजका झण्डै ४२ संरचना मध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संरचना हस्तान्तरणको चरणमा छन् । आगामी असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ ।

हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना आयोजनाको काम निर्माणाधिन रहेको कार्यकारी निर्देशक पुजाराले बताए । मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी समेत दिएका थिए ।


प्रतिक्रिया