`

बालाजु क्षेत्रको आन्दोलन उग्र बन्दै, प्रदर्शनकारीले जबालाजुमा जलाए दुई वटा प्रहरी भ्यान

Nepal One HD १ फागुन २०७९ १७:४६
प्रमुख खबर

काठमाडौँ ।  यातायात मजदुरहरूले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । यातायात मजदुरहरूले ट्राफिक नियमविरुद्ध प्रदर्शन गरेका हुन् ।

राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । अहिले पनि व्यवसायी र मजदूरहरुले प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन् । उनीहरुले सडकमै गाडी तेर्स्याएर सडक अवरुद्ध पारेका छन् । जसका कारण यातायात सेवा नै अवरुद्ध बनेको छ ।

ट्राफिकले मनपरी चिट काटेको मजदुरहरूको गुनासो छ । उनीहरूले गौशाला, चक्रपथलगायतका स्थानमा सडकमै गाडी तेर्साएर ट्राफिकले मनपरी गरेको भन्दै प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया