भोलिबाट काठमाडाैँमा सार्वजनिक सवारी नचल्ने (विज्ञप्तिसहित)
प्रमुख खबर
काठमाडौँ – भोलिदेखि काठमाडौँमा सार्वजनिक यातायात नचल्ने भएको छ ।
ट्राफिक प्रहरीको जयादतीको विरूद्धमा उत्रिएका यातायात मजदुरको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरूले सोमबार एक प्रहरी भ्यानमा आगजनी गरेका छन भने १० भन्दा बढी मजदुर पक्राउ परेका छन ।
उनीहरूले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका थिए । प्रहरीले आन्दलोनमा दमन गरेपछि बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरूले दुईवटा प्रहरीको गाडीमा आगो लगाएका छन
प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्। सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन्।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
