लोत्से मलमा तोडफोड र चोरी

समाचार

काठमाडौं – काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा सोमबार साझँ तोडफोड र चोरी भएको छ । सवारीसाधन कारबाही गरेबापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै आक्रोशित यातायात मजदुरले लोत्से मलमा तोडफोड गरेका छन् । लोत्से मल तोडफोड गर्नाका साथै त्यहाँ सञ्चालित पसलबाट मोबाइलसमेत चोरी गरेको बताइएको छ ।
यातायात मजदुरले सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने लगायतका मागहर राखेर सोमबार आनदोलन गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट