`

आन्दोलनका नाममा लोत्से मल छिरेका मजदुरहरुले ८ करोड भन्दा बढीको मोबाइल लुटपाट गरेको मोबाइल व्यवसायीको दाबी

Nepal One HD २ फागुन २०७९ ११:३३
प्रमुख खबर

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा सोमबार साझँ तोडफोड र चोरी भएको छ । यातायात मजदुरहरुले सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको हो ।

नेपाल मोबाइल व्यवसायी संघका अनुसार आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको छ । सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए ।

चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ । सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यातायात मजदुरले सवारी जरिवानाबापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने लगायतका मागहर राखेर सोमबार आनदोलन गरेका थिए ।


प्रतिक्रिया