`

‘अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना छैन्’ : खनाल

Nepal One HD २ फागुन २०७९ १३:०४
प्रमुख खबर

धनगढी । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका छन् । मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा खनालले यस्तो बताएका हुन् ।

अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् । उनले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन् ।’ राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया