`

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन अध्यक्ष ओलीद्धारा उद्घाटन

Nepal One HD २ फागुन २०७९ १४:५०
राजनीति

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका हुन् ।

काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई अनेरास्ववियुले प्रविधियुक्त बनाएको थियो । नेतृत्वका लागि मतदान गर्नुपर्ने अवस्थामा अनेरास्ववियुले विद्युतीय भोटिङको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।


प्रतिक्रिया