`

भोलि दाङ जाँदै राष्ट्रपति भण्डारी

Nepal One HD २ फागुन २०७९ २१:२७
राजनीति

काठमाडों – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार दाङ जाने भएकी छन् । उनी नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि त्यसतर्फ जाने भएकी हुन् ।

उनले त्यहा रहेको आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवन रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियामे । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।


प्रतिक्रिया