`

‘भ्रष्टाचारको छानबिन गर्दा कृषि अनुदान दुरुपयोगबाट सुरु गर्नुहोस्’ : सांसद हरि ढकाल

Nepal One HD ३ फागुन २०७९ १३:१३
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हरि ढकालले भ्रष्टाचारको छानबिन गर्ने हो भने कृषि अनुदान दुरुपयोगबाट सुरु गर्ने आहान गरेका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले अनुदानको व्यापक दुरुपयोग भएको भन्दै यस्तो बताएका हुन् ।

सांसद ढकालले किसानको अनुदान भ्रष्टाचार गर्नेलाई पापीको सगाँ समेत दिएका छन् । अनुदान प्रत्यक्षरुपमा  पालीकामा पढाइदिने हो भने अनुदानको   दुरुपयोग कम हुन सक्ने उनको भनाई छ ।  उनले  किसानको मद्धा ऐन संशोधन गरी अघि बढ्न समेत सुझाव दिएका छन् ।  

मल जस्ता किसानलाई  आवश्यक तत्त्वहरू सरकारका साना निकाय पालीका स्थरमा दिँदा किसानले सहज रुपमा अनुदान पाउन सक्ने बताएका छन् । किसानका विषयका मद्धा चल्दा कृषि मन्त्रीलाई सांसदले उठान गरेको विषयमा कार्यसम्पादन गरी अघि बढ्नसमेत उनले आग्रह गरेका छन् ।   


प्रतिक्रिया