ओलीलाई प्रदीप पौडेलको प्रश्न-‘रास्वपाले किन मन्त्री फिर्ता बोलायो ? कांग्रेसले षड्यन्त्र गरेर हो ?’


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहंकारले देश नबन्ने र आजको परिस्थिति सम्हाल्न नसकिने बताएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले ओलीप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि संसदको रोष्टममा उभिएर कांग्रेसप्रति लक्षित गरेका विषयमाथि पनि जवाफ दिएका थिए ।
ओलीप्रति लक्षित गर्दै उनले भने, ‘जसपालगायत दलका नेता किन बैठकमा गएनन् रु’ कांग्रेसले ढोक्सा थापेर हो रु राप्रपाका मन्त्रीलाई प्रधानमन्त्रीले संसदबाटै किन चेतावनी दिनुपर्यो, रास्वपाले किन मन्त्री फिर्ता बोलायो ? कांग्रेसले षड्यन्त्र गरेर हो ? प्रधानमन्त्रीभन्दा पनिमाथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ति प्रस्तुत गरिएको थियो आज किन सुस्त छ ? बालुवाटार र बालकोट दौड व्यापक बढेको छ ।’
एमालेको तुलनामा कांग्रेस लोकतान्त्रिक पार्टी भएको उनले बताएका छन् । उनले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको समेत उनले बताएका छन् ।