मधेश प्रदेशसभा बैठकमा कांग्रेसले संसद अवरुद्ध गर्दा सभामुख र सांसदबीच भनाभन
राजनीति
जनकपुरधाम । मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको भएको । नेपाली कांग्रेसले संसदीय दलको कार्यालयमा अतिथि आउन नदिएको भन्दै बैठक केही समय अवरुद्ध भएको हो ।
बैठक सुरु भएलगत्तै कांग्रेस सांसद कुमारकान्त झाले संसदीय दलमा आउन लागेको अतिथिलाई मर्यादा पालक लगाएर रोकेको भन्दै संसद चल्न नदिने बताए । उनले संसद चल्ने नदिने भनेलगत्तै कांंग्रेसका उपस्थित सम्पूर्ण सांसदहरु उठेका थिए ।
सभामुख रामचन्द्र मण्डलले कांग्रेस सांसद झालाई बस्न आग्रह गरे । तर कांग्रेसका सांसदहरु बस्न मानेनन् । त्यसपछि सभामुख मण्डलले अतिथि बोलाउन सकिने तर के भएको हो भन्ने विषयमा पछि छलफल गर्न सकिने बताए । तर कांग्रेस साँसदहरु संसद चल्न नदिने भनेपछि उनी आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
