नागरिकता विधेयकलाई तत्काल अघि बढाउन समाजवादीका सांसदको माग

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नागरिकता विधेयकलाई तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा सांसद यादवले यसअघि पटक पटक नागरिकता विधेयक रोक्ने प्रयास भएको भन्दै अव तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले अव पनि नागरिकता विधेयकलाई रोक्न खोजे आफ्नो पार्टीले संघर्ष सुरु गर्ने बताए । नागरिकताबिहीन हुदा जन्मसिद्ध नागरिकहरुले पिडा भोगिरहेको भन्दै आवाजविहीनको आवाज कसैले नसुनेको उहाले बताएका छन् । त्यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद चल्न नदिने चेतावनी दिएका हुन् ।
सर्वोच्चले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश राज्यले नमानेको भन्दै सदनबाटै आफ्नो संघर्ष सुरु भएको उहाले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट