`

लमजुङको इशानेश्वर मन्दिरमा भक्तजनको भिड

Nepal One HD ६ फागुन २०७९ १४:५५
समाचार

लमजुङ / लमजुङको मध्यनेपाल नगरपालिका– ७ करापुटारमा रहेको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन शनिबार भक्तजनको घुइँचो लागेको छ । करापुटारस्थित इशानेश्वर महादेव मन्दिर काठमाडौंको पशुपतिनाथ पछिको धेरै भक्तजनहरुको घुइँचो लाग्ने पवित्र तिर्थस्थल हो । 

इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पनि पुज्ने चलन छ । इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गरेमा सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताए । उनले भने ‘शिवरात्रिमा ठाडो बत्ती बाले सन्तान प्राप्ति हुने विश्वासका साथ भक्तजनहरू त्यहाँ आउने गरेका हुन् ।’

इशानेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास गरिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या धेरै रहेको समितिले जनाएको छ । मन्दिरमा बिहानदेखि नै शिवको पूजा आराधना गर्ने र दर्शन गर्नेको घुइँचो लागेको हो । मन्दिरमा काठमाडौं, पोखरा, चितवन, तनहुँ, पर्वत, स्याङ्जा, बाग्लुङ, नवलपरासीलगायतका विभिन्न जिल्लाबाट हजारौँकाे संख्यामा भक्तजन लमजुङको करापुटार आएका छन् । 

महाशिवरात्रिको अवसर पारी लामो समयअघिदेखि सन्तान नभएका हजारौँ दम्पतीहरू मन्दिरपरिसरमा रातभरि जाग्राम रही ठाडो बत्ती बाल्न टाढाटाढाबाट आएको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष घिमिरेले बताए । 


प्रतिक्रिया