`

राष्ट्रपति भण्डारीद्धारा महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पूजा अर्चना

Nepal One HD ६ फागुन २०७९ १७:४६
प्रमुख खबर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको छ ।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शनिबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गर्नुभएको हो । पशुपतिमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए । महाशिवरात्रिमा अवसरमा राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा रहेको छ ।


प्रतिक्रिया