`

राष्ट्रपतिद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त – ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ

Nepal One HD ९ फागुन २०७९ ७:१५
प्रमुख खबर

काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । उनले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन् ।

शुभकामना सन्देशमा भनेकी छन् “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु”


प्रतिक्रिया