`

गण्डक नहरमा हामफ्यालिन् दुई छोरासहित एक महिला

Nepal One HD ९ फागुन २०७९ १९:१५
समाचार

पश्चिम नवलपरासी, ९ फागुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हामफ्यालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ । 

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् । तीनजनाकै खोजीकार्य भइरहेको प्रहरीले जनााएको छ । 
 


प्रतिक्रिया