`

एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति हुन्छ : राजन भट्टराई

Nepal One HD १० फागुन २०७९ १३:००
राजनीति

पाल्पा / प्रेस चौतारी नेपाल पाल्पाले तानसेनामा गरेको पत्रकार भेटघाटमा एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले दाबी गरेका छन् । भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताएका हुन् ।

उनले भने, गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधान्मन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताएका हुन् ।

एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरे पनि उनले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुंगिएको बताएका हुन् ।


प्रतिक्रिया