`

समयमै लमही घोराही तुलसीपुर सडक नबन्दा २२ जनाले ज्यान गुमाए : सांसद दीपक गिरी

Nepal One HD १० फागुन २०७९ १३:४५
राजनीति

काठमाडौँ / सांसद दीपक गिरीले लमही घोराही तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको बताएका छन् । आज प्रतिनिधि सभामा विशेष समय लिएर उनले यस्तो बताए । लमही घोराही तुलसीपुर सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरे ।

अपेक्षित काम नहुँदा समेत तीन पटक म्याद थपिएको उल्लेख गर्दै उनले सडकका दुराअवस्थाकै कारण २२ जनाले ज्यान गुमाउनुपरेको बताए । त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो’ उनले अगाडि थपे, ‘वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ ।

यसबारे सरकार किन मौन रु यसको जवाफ कसले दिने हो रु सडक विभाग हो कि को हो रु वास्तविक कुरा आउनुपर्यो ।’


प्रतिक्रिया