`

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं : गंगाराम थारू

Nepal One HD १० फागुन २०७९ १३:४८
राजनीति

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो धारणा माग गरेका हुन् ।


उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन् ।,’

विगतमा पनि यस्तो माग गर्दै आएको र प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको सुनाए । ‘त्यसैले गर्दा अब हामी बाध्य हुनेछौं सदन विरुद्ध । आजैदेखि सदन विरुद्धको तयारीमा छौं’ उनले भने ।


प्रतिक्रिया