`

बाजुरामा भूकम्पको धक्का : विद्यालय, स्वास्थ्यचौकी र दुई घरमा क्षति

Nepal One HD १० फागुन २०७९ २१:१९
समाचार

काठमाडौं बाजुरामा भूक्म्प जाँदा विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुगेको छ । बुधबार दिउँसो हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्नेच्युटको भूकम्प गर्एको हो ।

भूकम्पले हिमाली गाउँपालिका १, ३ र ५ मा रहेका दुई वटा स्वास्थ्यचौकी र एक विद्यालयमा क्षति पुर्याएको छ । भूकम्पले उक्त गाउँपालिकामा रहेका बिच्छ्या स्वास्थ्यचौकी र रुगीन स्वास्थ्य चौकी भवनमा पनि क्षति पुगेको छ । यस्तै सोही गाउँपालिका–१ मा रहेको बाल विकास भवन पूर्णरुपमा भत्किएको छ ।


प्रतिक्रिया