`

रिर्सोटमा लगेर बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ

Nepal One HD १४ फागुन २०७९ २०:१६
समाचार

भक्तपुर, १४ फागुन ।  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । 

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
    

यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया