`

यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई ओलीको बधाई

Nepal One HD १८ फागुन २०७९ २०:५३
समाचार

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् ।

बिहिबार सामाजिक सञ्जालमार्फत ओलीले नेपाली टिमलाई बधाई दिएका हुन् । उनले युएईमाथि रोमाञ्चक जित निकालेर यु -१९ क्रिकेट विश्वकपमा प्रवेश गर्न सफल भएकोमा बधाई दिएका हुन् ।

उनले भने, “हार्दिक बधाई टिम नेपाल ! युएईमाथि रोमाञ्चक जित निकालेर यु( १९ क्रिकेट विश्वकपमा प्रवेश गर्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ।”


प्रतिक्रिया