`

देश र जनताका अगाडि चुनौती रहेकाले सबै दलहरू एक ठाउँमा उभिनुपर्छ : सुवास नेम्बाङ

Nepal One HD २५ फागुन २०७९ १०:४६
प्रमुख खबर

काठमाडौँ – राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

बिहिबार राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका हुन् ।

नेम्वाङले भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’


प्रतिक्रिया