`

काठमाडौंमा वर्षा जारी

Nepal One HD २९ फागुन २०७९ १९:२७
समाचार

काठमाडौं, २९ फागुन – काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो। काठमाडौंमा परिरहेको वर्षा अझैँ २/३ घण्टा  जारी रहने महाशाखाको भनाइ छ।


प्रतिक्रिया