दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्पको धक्का

समाचार
काठमाडौं – दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ ।सोमबार साँझ दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
आज साँझ ६ बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्प जाँदा दैलेख आसपासका जिल्लामा महसुस गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट