`

अखिल नेतृत्वले कारबाही गरेका भुषाल मध्यबिन्दु क्याम्पसकाे सभापतिमा बिजयी

Nepal One HD ६ चैत २०७९ ८:५६
राजनीति

नवलपरासी, ६ चैत । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय नेतृत्वले कारबाही गरेका एक उम्मेदवारले बिजय हासिल गरेका छन । अखिलको केन्द्रिय नेतृत्वले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका केशव भुसालले नवलपुरस्थीत मध्यविन्दु बहुमुखि क्याम्पसको सभापतिमा बिजय हासिल गरेका हुन । अखिलको केन्द्रिय नेतृत्वकाे कारबाहीका बाबजुद उनले सभापतिमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

केन्द्रीय अध्यक्ष समिक बडालले गत चैत ४ गते अखिलको नवलपुर जिल्ला सह इन्चार्जसहित रहेका भुसाललाई संगठनको हित तथा अनुशाषन बिपरित कार्य गरेको भन्दै अखिलको बिद्यानको धारा ३० अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्काषन गरेका थिए ।


प्रतिक्रिया