`

संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी

Nepal One HD ६ चैत २०७९ ११:५१
राजनीति

दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ ।

अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गर्नुभयाे । उहाँका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गर्नुभयाे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गर्नुभयाे ।

१९७ मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत खसेको थियो ।

संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापिठ बेलझुण्डी र जनता विद्यापिठ बिजौरीमा भने विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।


प्रतिक्रिया