कर्णालीविरुद्ध जनकपुरलाई १३३ रनको लक्ष्य, हर्मितले लिए ३ विकेट
खेलकुद
काठमाडौं । एनपीएलको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनायो । जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे ।
जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र मोइल अलीले २/२ विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
