विराटनगरविरुद्ध चितवनका मलानको अर्धशतक
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका ओपनिङ ब्याट्सम्यान डेविड मलानले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्सविरुद्ध जारी खेलमा मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनी जारी प्रतियोगितामा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्।
टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनले ११ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ७९ रन बनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
