चितवनविरुद्ध विराटनगरले टस जितेर बलिङ रोज्यो
खेलकुद
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो खेलमा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगरले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
प्रतियोगितामा दुवै टोली जितका साथ आफ्नो अभियान अघि बढाउने लक्ष्यमा छन्। विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदै छ भने चितवन पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा बलियो सुरुवात गर्न चाहन्छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
