प्रचण्ड राष्ट्रविरोधी काम गरिरहेका छन् : सिपी गजुरेल

राजनीति

काठमाडौँ – मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाउनुभएकाे छ । दाहालले लगात्तार जनविराेधी र राष्ट्रविराेधी कामहरु गरिरहेकाे आरोप लगाउनुभयाे ।
आइतबार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले माओवादी एक नभएकाे बताउनुभयाे । उहाँले माओवादी एक भएकाे भन्दै गलत प्रचार गरिएकाे प्रति ध्यानाकर्षण गराउनुभयाे ।
‘प्रचण्ड र बाबुरामहरूले जे गरे त्यो प्रतिक्रान्ति थियो । उनीहरूले आत्समर्पण गरे । वर्गीय र दुश्मनविरुद्ध उनीहरूले आत्मसमर्पण गरिसकेपछि क्रान्तिले धक्का खायो,’ उहाँले भन्नुभयाे, ‘त्यो बेलाको नेतृत्वले विश्वासघात गरेको छ । आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट