`

राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ : माधवकुमार नेपाल

Nepal One HD ६ चैत २०७९ १६:०७
राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्ने बताउनु भयो।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै उनले यस्तो बताउनु भएको हो ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

उहाँले भन्नुभयो, ‘अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ ।’

प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको उहाँले बताउनु भयो ।

‘यो अवस्था आउने निश्चित भन्ने मलाई लागिरहेको थियो । हामी नजिकबाट यसो चियाउने त हो नि, अलि अलि नाडी छाम्ने हो, घटनाक्रमलाई यसो हेर्ने हो, किन यस्तो भएको छ भन्ने अध्ययन गर्ने हो । अलि अलि मनोविज्ञानले काम गरेको छ भने अनुहार हेरेर मनोविज्ञानको अध्ययन गर्ने हो । बर ब्यवहारको आधारमा बुझ्ने हो । यी सबै कुराको सन्दर्भमा यो अवस्था आउनु अवश्यंम्भावी थियो आयो’ उहाँले भन्नुभयो ।


प्रतिक्रिया