भन्सार छली ल्याएका पाँच लाख ७० हजारका लत्ताकपडा तथा खाद्यान्न बरामद

समाचार

वीरगञ्ज, ६ चैत- प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो ।
भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट