राष्ट्रिय जनगणना २०७८: नेपालको साक्षरता ७६ प्रतिशत
समाचार
काठमाडौँ । बितेको एक दशकमा साक्षर हुने नेपालीको संख्या १० प्रतिशतले वृद्धि भई साक्षरता ७६ प्रतिशत पुगेको छ । तर, निरक्षर हुनेमा अझै पनि महिला धेरै छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, पुरुष साक्षरता ८३ दशमलव ६ प्रतिशत र महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत छ ।
पाँच वर्षभन्दा माथिको उमेरका साक्षर नेपालीको जनसंख्या ७६ दशमलव २ प्रतिशत पुगेको हो । दशकअघिको जनगणना २०६८ मा साक्षर संख्या ६५ दशमलव ९ प्रतिशत थियो ।
सार्वजनिक तथ्यांकअनुसार, ५ वर्षभन्दा माथिको जनसंख्या २ करोड ६६ लाख ७५ हजार ९७५ रहेको छ । जसमध्ये २ करोड ३ लाख ४१ हजार ६ सय २३ नेपाली पढ्न र लेख्न जान्ने भएको जनगणना प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
