`

मागेजति मन्त्रालय र उपनिर्वाचनमा एक सिट नपाए सरकारमा जान्नौं : झलनाथ खनाल

Nepal One HD १० चैत २०७९ १५:५१
राजनीति

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सरकार गठन र आसन्न उपनिर्वाचनमा एक सिट दिने सहमति नभए पार्टी सरकारमा नजाने बताउनुभएकाे छ । 

सरकारलाई पूर्णता दिने र उपनिर्वाचनमा गठबन्धन टिकाइराख्न आफ्नो दलले सम्मानजनक स्थान पाउनुपर्ने उहाँको दाबी छ । संघीय सरकारमा प्रतिनिधित्वका लागि तीनवटा मन्त्रालय र उपनिर्वाचन हुन लागेका बारा–२, तनहुँ–१ र चितवन २ गरी तीनमध्ये कुनै एक ठाँउमा आफ्नो पार्टीले साझा रुपमा उम्मेदवारी दिने वातावरण बन्नुपर्ने उहाँले स्पष्ट पार्नुभयाे ।

पार्टी कामको सिलसिलामा पाँचथर आइपुगेका खनालले शुक्रबार बिहान पत्रकार सम्मेलनमा भन्नुभयाे, ‘‘संघीय सरकारमा तीन मन्त्रालय र संघीय संसद्मा रिक्त बारा २,चितवन २ र तनहुँ–१ मध्ये एक सिटमा सहमति नभए सरकार बाहिरै रहन्छौं ।’

गठबन्धन मुलुकको आवश्यकता भए पनि छिनछिनमा नयाँ समीकरण बन्नु देशका लागि घातक हुने उहाँको टिप्पणी थियो । 


प्रतिक्रिया