`

अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

Nepal One HD १० चैत २०७९ २२:१७
समाचार

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने बताएका छन् । शुक्रबार प्रहरी प्रधान कार्यलयमा अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने बताए । उनले अवकाश हुन लोका महानिरीक्षक सिंहको आगामी जीवनको सफलताको शुभकामना दिए ।


प्रतिक्रिया