`

अध्यक्ष ओलीले गरे लुम्बिनीको अवलोकन भ्रमण

Nepal One HD ११ चैत २०७९ १६:११
राजनीति

रूपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विश्व शान्तिको मुहान लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् ।

उनको साथमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, सांसदहरू, पूर्वमन्त्रीहरू र पार्टीका नेताहरू सहभागी थिए ।

अध्यक्ष ओलीले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभाहल र लुम्बिनीमा निर्मित गुरुयोजना अजुरुपका विभिन्न संरचनाको बारेमा जानकारी लिएका छन् । त्यसअवसरमा कोषका उपाध्यक्ष भिक्षू अवधेश त्रिपाठी, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलगायतले विभिन्न विषयमा जानकारी गराएका हुन् ।

कपिलवस्तुमा पार्टीले संचालन गरेको मिसन ग्रासरूट अभियानमा सहभागी हुन अध्यक्ष ओली गएका हुन् ।


प्रतिक्रिया