`

पत्रकार महासंघ कैलालीले मोटरसाइकलमा प्रेस लेखेको हटाउँदै

Nepal One HD ११ चैत २०७९ १९:३५
समाचार

धनगढी,११ चैत – रधनगढीमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको छ । पत्रकार महासंघ कैलाली शाखाले शनिबारबाट मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको हो ।

गाडीमा प्रेस लेख्न नपाइने, लेख्ने चाहनेले आफ्नाे काम गर्ने मिडियाकाे नाम उल्लेख गर्नु पर्ने पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जाेशीले बताए । 

यस कार्यलाई अभियानको रुपमा अघि बढाएको उनले बताए । गाडीमा प्रेस लेखेका सवार धनीले तत्काल हटाउन पत्रकार महासंघ कैलाली शाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया