जनताकाे माया सबैभन्दा बढी काेही व्यक्तिले नेपालमा पाएकाे छ भने मैले पाएकाे छु : अध्यक्ष ओली


अर्घाखाँची – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा जनताकाे सबैभन्दा धेरै माया पाउने व्यक्ति आफू भएकाे बताउनुभएकाे छ ।
पार्टीकाे मिसन ग्रासरुट अभियान अन्तर्गत आइतबार अर्घाखाँचीकाे सन्धिखर्कमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले जहाँ पुगेपनि आफूलाई जनताले निक्कै माया गर्ने बताउनुभयाे।
आफू र आफ्नाे पार्टी एमालेलाई जनताले निक्कै माया गर्ने गरेका उहाँले सुनाउनुभयाे । उहाँ भन्नुहुन्छ, ‘त्याे जाेसुकैले प्राप्त गर्दैन, मैले त्यसै कारण आफूलाई भाग्यमानी भन्ने गरेकाे छु, ठूला-ठूला भनेका देशहरुले लखेट्छन्, ठूला-ठूला शक्ति भनेकाले लेखट्छन्, तर जनताकाे माया सबभन्दा बढी काेही व्यक्तिले नेपालमा पाएकाे छ भने मैले पाएकाे छु, त्याे साैभाग्य मलाई मिलेकाे छ।’
अर्घाखाँचीले आफूलाई अन्यत्र जस्तै अत्यन्त माया गरेकाे भन्दै उहाँले सबैलाई धन्यवाद दिनुभयाे । अध्यक्ष ओलीले लामाे समयपछि अर्घाखाँची आएर पुराना,जेल बसेका र नयाँ साथी भेट्दा खुशी लागेकाे बताउनुभयाे ।
आफू अर्घाखाँची जिल्लाप्रति आफू सानैदेखि प्रभावित भएकाे बताउनुभएकाे छ।