`

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Nepal One HD १२ चैत २०७९ १८:१५
समाचार

बैतडी, १२ चैत-भिरबाट लडेर  बैतडीमा एक पुरुषको ज्यान गएको छ ।पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । आइतबार दिउँसो एक बजे सोही वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

महरालाई  स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए ।
 


प्रतिक्रिया