पूर्वी नवलपरासीमा भेटियो एकै स्थानमा नौ वटा बेवारिसे बम

समाचार

काठमाडौं – पूर्वी नवलपरासीमा एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम फेला परेको छ । विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा आज दिउँसो बेवारिसे अवस्थामा नौ वटा बम फेला परेको हो । बारीमा बम देखेपछि स्थानीयवासी त्रसित भएका थिए । बम देखे जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।
जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेको प्रहरीले जनाएको छ । सो घटनाबारे जानकारी पाएपछि दुम्कीवासका प्रहरी निरीक्षकको टोली त्यस स्थानतर्फ गएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट