`

प्रधानमन्त्री प्रचण्डलाई कमल थापाकाे आग्रह : ‘मिटरब्याजी’ पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिनुस् 

Nepal One HD १३ चैत २०७९ १०:४३
प्रमुख खबर

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मिटरब्याजी पीडितहरूलाई सरकार भएको प्रत्याभूति दिन प्रधानमन्त्री सँग अनुरोध गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै उनले मिटरब्याजी समस्यालाई सधैँको लागि समाप्त गर्न सरकारसँग आग्रह गरे ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिटरब्याज नेपाली समाजमा रहेको शोषण र विकृति हो । यो समस्यालाई सधैँको लागि समाप्त पार्नुपर्छ । ‘मिटरब्याजी’ पीडितहरूको समस्याको स्थायी समाधान गरी देशमा सरकार छ भन्ने प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध गर्दछु ।’


प्रतिक्रिया