`

भीम रावलले पार्टीको साधारण सदस्यको भूमिका निर्वाह गर्न सक्नुभएन : उपाध्यक्ष पौडेल

Nepal One HD १७ चैत २०७९ ११:५०
प्रमुख खबर

काठमाडौँ / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीको साधारण सदस्यको पनि भूमिका निर्वाह नगरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्नुहुँदै उहाँले रावलले नेकपा एमाले मै छु भन्ने तर काम भने साधारण सदस्यको सम्म पनि नगरेको बताउनुभयो ।

‘भीम रावलजीले पार्टीको अनुशासन उल्लङ्घन गर्दै एकपछि अर्को गल्ती गर्दै जानुभएको छु, उहाँले भन्नुभयो, उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।’

भीम रावलले आफ्ना गल्तीहरू स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने पौडेलले बताउनुभयो । रावलले विगतमा पार्टीमा बसेर नेतृत्वदायी भूमिका खेलिसकेको बताउँदै पौडेलले अब पनि यदि काम गर्न चाहनुहुन्छ भने आफ्नो गल्तीलाई स्वीकार गरेर फेरि मिलेर अघि बढ्न सकिने बताउनुभयो ।


प्रतिक्रिया