`

अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ – चित्रबहादुर केसी

Nepal One HD १८ चैत २०७९ २१:०३
राजनीति

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको बताउका छन् ।

शनिवार बागलुङको जैमिनी नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए ।

सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको पनि उनले बताए । उनले भने “अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ, अहिले सरकारले त्यो गर्न सकेको छैन”


प्रतिक्रिया