`

रवि लामिछानेको उमेदवारी कायम

Nepal One HD २२ चैत २०७९ १८:५३
प्रमुख खबर

काठमाडौं, २२ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन क्षेत्र नम्बर २ उमेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारीविरुद्ध परेका तीन उजुरी खारेज गर्दै उमेदवारी कायम भएको जनाएको हो । 

लामिछानेको उमेदवारीविरुद्ध बुधबार ४ वटा उजुरी परेका थिए । सोमध्ये तीनवटा खारेज गरिएको छ भने युवराज पौडेल (सफल)ले दिएको उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण माग गरेको छ । 

स्पष्टीकरणको जवाफ आएपछि निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
 


प्रतिक्रिया