`

प्रतिनिधिसभामा सांसद माधव सापकोटाको प्रस्ताव : बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने

Nepal One HD २३ चैत २०७९ १४:१९
राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘बार्षिक बजेट क्यालेन्डर बनाइ प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोही अनुरुप सम्बन्त्रिधत निकायको कार्यसम्पादन मुल्याङ्कन गरेर बजेट व्यवस्थावनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

चालु आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा परिक्षकको कार्यालयको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको बताए ।

गत आर्थिक वर्षको अन्तिम महिनामा मात्रै २० प्रतिशत बजेट खर्च भएको स्मरण गर्दै उनले आगामी आर्थिक बर्षको बजेट ल्याउँदा यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।


प्रतिक्रिया