`

बञ्चरेडाँडामा अव्यवस्थित रुप फोहोर फ्याल्न रोक लगाउन माग

Nepal One HD २३ चैत २०७९ १५:१४
राजनीति

काठमाडौं – एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न रोक लगाउन माग गरेका छन् ।

 बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गरेका हुन् ।

बन्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बन्चरेडाँडा पठाउनुपर्ने बताएका उनले बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्न ल्याण्डफिल साइट बनाएको स्मरण गराए । 

सिसडोलमा फ्यालिएजस्तै बन्चरेडाँडामा पनि फोहोर फ्याल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उनको भनाइ छ । 


प्रतिक्रिया