`

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

Nepal One HD २ वैशाख २०८० १०:०७
प्रमुख खबर

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान ५ बजे र १५ मिनेटमा निधन भएको छ।

सय वर्षीय राधादेवीको आज बिहान किस्ट अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बिहान निधन भएको अस्पतालले जानकारी दिएको हो । यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।


प्रतिक्रिया